यूएई इन्टरनेशनल टी-ट्वेन्टीमा सन्दीप डेजर्ट भाइपर्सबाट खेल्ने

यूएई इन्टरनेशनल टी-ट्वेन्टीमा सन्दीप डेजर्ट भाइपर्सबाट खेल्ने

काठमाडौंः नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने डेजर्ट भाइपर्सको टिमबाट यूएई इन्टरनेशनल टी-ट्वेन्टी लिग खेल्ने भएका छन्। शुक्रबार सन्दीपलाई भाइपर्सले टोलीमा अनुबन्ध गरेको हो।

यस टोलीमा साम विलिङ्स, एलेक्स हेल्स, कोलिन मुनरो लगायतका खेलाडी अनुबन्ध छन्। प्रतियोगिता आउँदो जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ।

६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा एउटा टोलीले १२ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछ।

भदौ ४, २०७९ शनिबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।