अनामिका खाद्य उद्योग र भ्याली फिडमा सिलबन्दी, अखाद्य वस्तु उत्पादन गरेको ठहर

मकवानपुरः हेटौंडा औद्योगिक क्षेत्रका दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ। स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुई उद्योगमा सिलबन्दी गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्त्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो।
अनामिकाले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानूनीरूपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको र भ्याली फिडले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेको प्रशासनको ठहर छ। कानूनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ।
भ्याली फिडको १३ हजार केजीको रु नौ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा पनि प्रशासनले रोक लगाएको छ।
साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिएका छन्।
भदौ ४, २०७९ शनिबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।