राति साढे १ बजे बाँके केन्द्रविन्दु भएर गयो ४.८ रेक्टर स्केलको भूकम्प

राति साढे १ बजे बाँके केन्द्रविन्दु भएर गयो ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौंः गए राति पश्चिम नेपालको बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ। राति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प ४.८ रेक्टर स्केलको रहेको छ। भूकम्पको धक्का नेपालको पश्चिमी भूभागसहित भारतको लखनउसम्मै महसुस गरिएको बताइएको छ।

साउन महिनायता मात्र नेपालमा ४ रेक्टर स्केलभन्दामाथि ६ वटा भूकम्प गइसकेको छ।

भदौ ४, २०७९ शनिबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।