प्रदीप गिरीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रदीप गिरीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

घाँटीको क्यासरबाट पीडित गिरीको ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिेलटरमा राखेर उपचार भइरहेको उहाँका स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए।

यस्तै, उनको मृत्यु भएकोबारे सामाजिक सञ्जालमा भइरहेको हल्लामा विश्वास नगर्न भारतीले आग्रह गरेका छन्।

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले प्रदीप गिरीको अवस्थामा हल्ला गरिएको जस्तो नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत शर्माले जीवनका लागि संघर्षरत गिरी अस्पतालबाट स्वस्थ भएर फर्कन सकुन् भनेर कामना गर्न सबैलाई आग्रह गरेका छन्।

भदौ ३, २०७९ शुक्रबार २२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।