शुक्रबार फोहोर बोकेका २८७ गाडी बञ्चरेडाँडामा, अझै ८ हजार टिप्पर उठ्न बाँकी

काठमाडौं : काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरमध्ये शुक्रबार २ सय ८७ वटा गाडी फोहोर बञ्चरेडाँडा पुगेका छन्।
दुई महिनादेखि अवरोध हुँदै आएको फोहोर व्यवस्थापनमा केही सहज भएसँगै शुक्रबार २ सय ८७ वटा फोहोरका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए।
काठमाडौंलाई सफा राख्ने दायित्वबाट महानगर पछि नहट्ने भन्दै उनले देशभरबाट अभिव्यक्त भइरहेका चासो र खबरदारीप्रति आभार व्यक्त गरेका छन्। उनले अझै खबरदारी गर्न आग्रह पनि गरे।
यस्तै, अवरोध नभए र पानीका कारण बाटो बन्द नभएमा काठमाडौं उपत्यकामा भएको फोहोर व्यवस्थापन गर्न अझै १० दिन लाग्ने प्रमुख शाहको सचिवालयले जनाएको छ।
अहिले उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहाेर छन्। स्थानीय र महानगरबीच भएको चारबुँदे सहमतिपछि साबिकअनुसार फोहोर व्यवस्थापन हुन थालेको छ।
भदौ ३, २०७९ शुक्रबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।