सँगै सिटको यात्रुलाई पत्याएर बिस्कुट खाँदा लुटिए गुरुङ, प्रहरीले होस् पुर्‍याउँदा समातिए आरोपी

सँगै सिटको यात्रुलाई पत्याएर बिस्कुट खाँदा लुटिए गुरुङ, प्रहरीले होस् पुर्‍याउँदा समातिए आरोपी

काठमाडौँ : बसका एकै रोहको सिटमा परेका यात्रुलाई स्लिपिङ ट्याब्लेट मिसाएको बिस्कुट खुवाएर लुटेको आरोपमा रामबहादुर परियार पक्राउ परेका छन्। शुक्रवार साँझ साढे ६ बजेको समयमा नागढुङ्गा चेक प्वाइन्टमा प्रहरी टोलीले सवारी साधनमा रहेका यात्रुको अवस्थाबारे चेकजाँच गर्दा घटना खुलेको हो।

पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग. १ ख. ९७१५ नम्बरको यात्रु बाहक बसको साइड  एको ७ नम्बर सिटमा परियार कमलार्से गुरुङसँगै बसेका थिए। प्रहरीले गुरुङलाई बेहोस अवस्थामा फेला पारेको थियो। चेकजाँचको क्रममा परियारको साथबाट स्लिपिङ्ग ट्याब्लेट फेला पारेपछि प्रहरीलाई शङ्का लागेर तामाङलाई अस्पताल पुर्याएको थियो।

प्रहरीले परियारको साथबाट ओरियो बिस्कुट, चार वटा हाते घडी, २ वटा पर्स, २ वटा एटिएम कार्ड, १४ हजार ५ सय रुपैयाँ, चार वटा मोबाइल र स्लिपङ ट्याब्लेट २ पत्ता फेला पारेको प्रहरीले जानकारी दिएको छ।

भदौ ३, २०७९ शुक्रबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।