तीन तहको सरकारले दुई छाकको फोहोर उठाउन नसक्नु लज्जित : महामन्त्री शर्मा

तीन तहको सरकारले दुई छाकको फोहोर उठाउन नसक्नु लज्जित : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं उपत्यकाको फोहोर उठाउन तीन तहको सरकार असक्षम हुनु लज्जित विषय भएको बताएका छन्।

काठमाडौंमा भएको एक साहित्यक कार्यक्रममा महामन्त्री शर्माले तीन तहको सरकारले आँगनको फोहोर उठाउन नसक्ने लज्जित अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सम्पूर्ण राजनीतिक दलले निर्वाचित मेयरलाई साथ दिनुपर्ने बताए।

‘दुई छाकको फोहोर उठाउन नसक्ने तीन तहको सरकारले नसक्ने लज्जित अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘यसको दीर्घकालीन समाधानको लागि सम्पूर्ण राजीनितक दलले निर्वाचित मेयर बालेन शाहलाई साथ दिनुपर्छ, बञ्चरेडाँडाका नागरिकले मागेका सामान्य कुराई समाधान गर्नुपर्छ।’

एक्काइसौं शताब्दीमा आँगनको फोहोर व्यवस्थापन गर्ने विषय, विषय नै नहुनुपर्ने उनले बताए। नेपालमा फोहोर अगाडि नाका छोपेर हिडिँरहेको तस्वीर विदेशी सञ्चारमाध्यममा प्रसारण भइरहेको भन्दै उनले फोहोर उठ्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।

भदौ ३, २०७९ शुक्रबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।