थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ९ सय ४५ जनामा गरिएको परीक्षणमा ६ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४ सय ८७ जना संक्रमणमुक्त हुँदा देशभर ५ हजार २४ जना सक्रिय संक्रमित छन्।
यसदिन देशभर १० हजार ९ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसँगै देशभर कोरोनाविरुद्धको खोप २ करोड १९ लाख १३ हजार ५ सय ८९ जनाले एक मात्रा खोप लगाइसकेका छन्।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा देशभर कसैको पनि ज्यान गएको छैन।
भदौ ३, २०७९ शुक्रबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।