साउनमा बैङ्कहरूबाट बाहिरियो एक खर्ब ७ अर्ब

साउनमा बैङ्कहरूबाट बाहिरियो एक खर्ब ७ अर्ब

काठमाडौँ : साउनमा वाणिज्य बैङ्कहरूबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल बैंकर्स सङ्घका अनुसार साउन मसान्तमा बैङ्कहरूमा ४४ खर्ब ३४ अर्बमा निक्षेप रह्यो जबकि असार मसान्तसम्म निक्षेप ४५ खर्ब ४१ अर्ब थियो।

साउनको अन्तिम दिन बैङ्कहरूमा १३ अर्ब रुपैयाँ निक्षेप थपियो। सङ्घका अनुसार साउनको ३० दिनसम्म १ खर्ब २० अर्बले घटेको निक्षेप अन्तिम दिन १३ अर्बको सुधार भएको थियो। तर कुलमा निक्षेप १ खर्ब ७ अर्बले घट्यो।

साउन महिनामा कर्जा प्रवाह पनि ३ अर्ब घटेको छ। असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। साउनमा मसान्तसम्म ४१ खर्ब ७२ अर्बमा झरेको छ। वाणिज्य बैङ्कबाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाहरूमा साउन मसान्तसम्म कुल ६ खर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको छ भने ५ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन्।

भदौ ३, २०७९ शुक्रबार १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।