एकैदिन ५ जना मृत भेटिए

एकैदिन ५ जना मृत भेटिए

काठमाडौं : देशका विभिन्न जिल्लामा एकै दिन ५ जना मृत भेटिएका छन्।

पछिल्लो २४ घण्टामा कास्की, सुर्खेत, ओखलढुंगा, रौतहट र पर्सामा गरी पाँच जना मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका–१ कस्केरीस्थित सेती नदीको किनारमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५० वर्षीय टंकबहादुर विक बिहीबार मृत अवस्थामा फेला परेका छन्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ पुलचोक बस्ने २८ वर्षीय माधव सुनार आफ्नै घरको कोठामा शुक्रबार विहान मृत अवस्थामा भेटिँदा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ लट्टेबारी बस्ने ६३ वर्षीय गल्जे शेर्पा पनि आफ्नै घरमा मृत भेटिएका हुन्।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतीपुर नहरमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला पर्दा पर्साको वीरगंज महानगरपालिका–१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव भेटिएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ ३, २०७९ शुक्रबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।