बाँकेमा मिनिट्रक र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालकको मृत्यु

बाँकेमा मिनिट्रक र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालकको मृत्यु

बाँके : जिल्लाको जिगाउँमा मिनिट्रक र म्याजिक गाडी ठक्कर खाँदा म्याजिक चालकको मृत्यु भएको छ।

बैजानाथ गाउँपालिका–५ को सडकमा भे १ क २१९६ नम्बरको मिनिट्रक र भे १ ज ४४९ नम्बरको म्याजिक गाडी एक आपसमा ठक्कर खाँदा बर्दिया बासगढी नगरपालिका–४ मटेरा बस्ने ४५ वर्षीय रामबहादुर कुँवरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ ३, २०७९ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।