माओवादी केन्द्र जीवन्त पार्टी नभएको प्रचण्डको स्वीकारोक्ति

माओवादी केन्द्र जीवन्त पार्टी नभएको प्रचण्डको स्वीकारोक्ति

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी जीवन्त नभएको स्वीकार गरेका छन्।

शुक्रबार योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले केही वर्षअघि पार्टी जीवन्त भए पनि अहिले भने हुन नसकेको स्वीकार गरेका हुन्।

पार्टीभित्र भएका संगठनले पहिलाजस्तो काम गर्न नसकेको भन्दै उनले आगामी दिनमा पार्टीप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

पार्टीमा युवा नेतृत्व नभएको गुनासो बढिरहेको सन्र्दभमा अध्यक्ष दाहालले २० प्रतिशत युवा नेतृत्व केन्द्रीय कमिटीमा समेटिएको दाबी गरे। युवा नेतृत्व आएसँगै पार्टी जीवन्त रूप लिने नको विश्वास छ।

‘केन्द्रीय समितिमा युवाहरुको प्रतिनिधित्व बढ्दै गएको छ, मलाई विश्वास छ आउने दिनमा यो पार्टी फेरि जीवन्त हुनेछ,’ उनले भने, ‘समाजवादी क्रान्तिको आधार तयार पार्ने विषयमा युवाहरुले विशेष योगदान गर्नेछन्।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा वाईसीएलको युवा नेतृत्वले पार्टीलाई अग्रणी स्थानमा ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

स्थानीय निर्वाचनमा युवाहरुबाट सहयोग नपाएको गुनासो गर्दै उनले उक्त नमिठो अनुभवबाट नयाँ नेतृत्वले पाठ सिक्नुपर्ने बताए। सो समयमा युवा परिचालन गर्न पनि पार्टीलाई गाह्रो भएको उनको भनाइ छ।

भदौ ३, २०७९ शुक्रबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।