शुक्रबार तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले कम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार १८५ रुपैयाँ कायम भएको छ।

भदौ ३, २०७९ शुक्रबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।