बिनानिष्कर्ष सकियो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौंः माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिनानिष्कर्ष सकिएको छ। पदाधिकारी टुंग्याउने भनिएको आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
'पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो। तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन', महराले भने।
अर्को बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने महराले जानकारी दिए। पदाधिकारी चयनको विषयमा भने छलफल टुंगिएको तर अन्तिम निष्कर्ष मात्र बाँकी रहेको उनले बताए।
भदौ ३, २०७९ शुक्रबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।