गौतमश्री सहकारीलाई सहकारी मन्त्रालयको पत्र, समस्याग्रस्त घोषणाको तयारी

गौतमश्री सहकारीलाई सहकारी मन्त्रालयको पत्र, समस्याग्रस्त घोषणाको तयारी

काठमाडौँ : गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ । काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त घोषित गर्ने प्रक्रिया अनुसार मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

५ हजार बढी बचतकर्ता रहेको सहकारीमा ७ अर्ब भन्दा बढी रकम रहेको छ। एकाएक सञ्चालकहरू फरार भएपछि बचतकर्ताहरूले सहकारी विभागमा निवेदन दिएका थिए।

बचतकर्ताको निवेदनपछि बोर्डले सहकारीको चल-अचल सम्पत्ति रोक्का गरिदिन नेपाल राष्ट्र बैङ्क र प्रहरीलाई पत्र पठाउँदै साउन १८ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई पत्र पठाएको थियो।

बचतकर्ताको साढे पाँच अर्ब जोखिममा पारेर गौतम बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार, सहकारी विभागमा बचतकर्ताको भिड

विभागको सिफारिसको आधारमा समस्याग्रस्त घोषणा गर्न मन्त्रालयले १५ दिन समय तोकेर स्पष्टीकरण पत्र पठाएको हो। बुधवार मन्त्रालयले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको मन्त्रालयस्रोतले जानकारी दियो। 

सहकारीमा बचत गर्दा ध्यान दिन बोर्डको विज्ञापन

नेपाल सरकारी विज्ञापन बोर्डले सहकारीहरूमा वचतगर्दा ध्यान दिन बचतकर्ताहरूलाई आग्रह गरेको छ। उसले सञ्चारमाध्यममा विज्ञापनै प्रकाशित गरेर बचत गर्दा ध्यान दिन बचतकर्ताहरूलाई आग्रह गरेको हो।

विज्ञापनमा ‘सहकारीलगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ भने त्यस्तो संस्थाको वित्तीय विश्वसनीयताको परीक्षण गर्न नबिर्सौँ । अधिक लाभको लोभमा नफसौँ’ भनिएको छ।

भदौ ३, २०७९ शुक्रबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।