जीपको ठक्करबाट ७१ वर्षका वृद्धको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

जीपको ठक्करबाट ७१ वर्षका वृद्धको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौंः पूर्वी चितवनको रत्ननगरमा बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन।

स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन्। 

भदौ ३, २०७९ शुक्रबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।