चितवनमा ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

चितवनमा ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

चितवनः इच्छाकामना गाउँपालिका- ४ कुरिनटारमा आज बिहान ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका- ६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेका छन्।

गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएको हो।

ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

भदौ ३, २०७९ शुक्रबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।