निर्वाचन आयोगका कार्यालयहरू सार्वजनिक बिदाको दिन पनि खुल्ने

निर्वाचन आयोगका कार्यालयहरू सार्वजनिक बिदाको दिन पनि खुल्ने

काठमाडौंः निर्वाचन आयोग र यसअन्तर्गतका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खुला हुने भएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले कान्तिपथमा रहेको आयोगको सचिवालयसँगै सातै प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुल्ने आयोगका सहसविच एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यस्तै आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक सहयोग र सहजीकरण गर्न तथा निर्वाचन प्रायोजनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भदौ २, २०७९ बिहीबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।