प्रतिनिधिसभाबाट दोस्रो पटक नागरिकता विधेयक पारित, विपक्षमा ६० मत 

प्रतिनिधिसभाबाट दोस्रो पटक नागरिकता विधेयक पारित, विपक्षमा ६० मत 

काठमाडौं : राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट दोस्रोपटक पारित भएको छ।

मत विभाजनपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको हो। १ सय ५९ सांसद उपस्थित प्रतिनिधि सभामा विधेयकको पक्षमा १ सय ३५ मत पर्दा विपक्षमा ६० मत परेको थियो।

राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको भन्दै प्रतिपक्षी एमालेले मत विभाजनबाट विधेयकको निर्णय हुनेपर्ने माग गरेपछि मत विभाजन गरिएको हो। यद्यपि विधेयक जस्ताको तस्तै पारित भएको छ।

२०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक ‘संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ८ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते विधेयकलाई प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए।

भदौ २, २०७९ बिहीबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।