२८ सांसदको मागपछि नागरिकता विधेयकमा मत विभाजन हुने 

२८ सांसदको मागपछि नागरिकता विधेयकमा मत विभाजन हुने 

काठमाडौं : राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नगरिकता (पहिलो संसोधन) विधेयक २०७९ माथि प्रतिनिधि सभामा पुर्नविचार गरियोस् भन्ने प्रस्तावमा मत विभाजन हुने भएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित २८ सांसदले ध्वनि मतको आधारमा भन्दा पनि मत विभाजनको आधारमा पारित गर्न माग गरेसँगै मत विभाजन हुन लागेको हो ।

मत विभाजन हुँदा सांसदहरूले पक्ष र विपक्षमा मत जाहेर गर्नुपर्ने हुन्छ। कोरोना संक्रमणको जोखिम रहेकाले मत विभाजनका क्रममा भौतिक दूरी पालना गरिने सभामुख अग्नि सापकोटाले जानकारी दिए।

सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले विधेयक जस्ताको तस्तै पारित गर्न प्रस्ताव पेश गरेका थिए।

 

भदौ २, २०७९ बिहीबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।