विवेकशील साझा पार्टीको प्रवक्ताबाट शरदराज पाठकको राजीनामा

काठमाडौं : विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पदबाट राजीनामा दिएका छन्।
पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए। विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।
भदौ २, २०७९ बिहीबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।