दोस्रो पटक सारियो माओवादी स्थायी कमिटी, देव गुरुङललाई महासचिव बनाउने तयारी !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकको समय बिहीबार दोस्रोपटक सारिएको छ।
अपराह्न ४ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजे बस्ने गरी सारिएको हो। यसअघि, आजै बिहान ९ बजे बस्ने भनिएको बैठक तयारी नुगेको भन्दै अपराह्न ४ बजेका लागि सारियो।
अहिले प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको र आजै पारित गर्ने तयारी भएकाले पुनः पार्टी बैठकको समय सारिएको एक नेताले जानकारी दिए।
साँझ ६ बजेको बैठक पनि संसदलाई कारण देखाउँदै बस्न नसक्ने संभावना रहेको उनले बताए। यो बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ।
माओवादीको पदाधिकारीमा विवाद हुँदा निर्णय दिन अध्यक्ष पुष्पकमल दाहाललाई अप्ठेरो परेको छ। महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा पछि हट्न नचाँहदा पदाधिकारी व्यवस्थापनमा समस्या छ।
दुई नेताको विवादमा देव गुरुङलाई महासचिव बनाएर मध्यमार्गी बाटो अपनाउने प्रयासमा प्रचण्ड रहेका छन्। गुरुङको नाममा विवाद नहोस भनेर आकांक्षी फकाउन प्रचण्डले समय लिएका छन्।
भदौ २, २०७९ बिहीबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।