शेयर बजारमा हरियाली, रिदीलाई पछ्याउँदै अपि

शेयर बजारमा हरियाली, रिदीलाई पछ्याउँदै अपि

काठमाडौं : कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा हरियाली छाएको छ।

बिहीबार नेप्से परिसूचक २७.५६ अंकले उकालो लागेर २०६८.२६ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ५.४१ अंकले बढेर ४००.०८ विन्दुमा पुगेको छ।

बजार बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ। यसदिन २ सय २० कम्पनीका ५१ लाख १ हजार २ सय ९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार उपसूचक समूहमा सबै हरियो रहे। सबैभन्दा बढी विकास बैंक ३.१७ प्रतिशतले बढ्दा फाइनान्स ३.०१ प्रतिशतले बढेको छ। हाइड्रो पावर २.९२ प्रतिशतले उकालो लाग्दा अन्य समूहमा पनि २.३५ प्रतिशतको सुधार छ।

यसदिन रिदी पावर कम्पनीको शेयरमा लगानीकर्ताहरू झुम्मिएका छन्। १० करोड ४३ लाख रुपैयाँको कारोबार गरेको रिदीलाई अपि पावर कम्पनीले पछ्याउँदै ७ करोड ८० लाखको कारोबार गरेको छ।

भदौ २, २०७९ बिहीबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।