थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।
४ हजार ९ सय ३० जनामा गरिएको परीक्षणमा ५ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २१ जना संक्रमणमुक्त भएका छन्।
यसदिन कोरोनाविरुद्धको ९७ हजार ६ सय ५७ डोज खोप लगाउँदा देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित छन्।
भदौ २, २०७९ बिहीबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।