राती घरमा बोलाएर १२ लाख रूपैयाँ ठग्न खोज्ने एक पुरुषसहित महिलाको गिरोह पक्राउ

राती घरमा बोलाएर १२ लाख रूपैयाँ ठग्न  खोज्ने एक पुरुषसहित महिलाको गिरोह पक्राउ

दाङ : प्रेमको नाटक गरेर जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक पुरुषसहितको महिला गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेको दिनेश घर्ती मगरलाई प्रेमको नाटक गरी रकम असुली गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा रोल्पा परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका–१० पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भनिने पर्मिला नेपाली रहेका छन्।

शर्मिलाले घर्तीलाई गत साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् ।

त्यसपछि पक्राउ परेका अन्य चारजना केहीबेरमा घरमा आएर डरधम्की दिई १२ लाख २० हजार रुपैयाँ लाभ लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुुख एसपी सुुरेश काफ्लेले जानकारी दिए।

घर्तीसँग नगद १ लाख र फरक–फरक मितिमा २/२ लाखका २ वटा चेक र एउटा चेक ७ लाख २० हजारको लिएको आरोपीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले चेकसमेत बरामद गरेको छ।

पक्राउ परेकाहरू मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी अनुुसन्धान भइरहेको उनले बताए।

भदौ २, २०७९ बिहीबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।