सुरज हजारे दाहालले नागरिकता नपाएको बिषयमा बोलिन् सांसद् कलिला खातुन

काठमाडौं : सांसद कलिला खातुनले विदेशीसँग विवाह गरेर नेपालमै बसेका नेपाली महिलाका सन्तानले पनि समान हैसियतमा नागरिकता पाउनुपर्ने बताएकी छन्।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकको विषयमा प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा सांसद खातुनले पोखराका सुरज हजारे दाहालको प्रसङ्ग निकाल्दै भारतीय नागरिकसँग विवाह गरेका नेपालमै बसेका सन्तानले नागरिकता किन पाउने भन्दै प्रश्न गरिन्।
‘पोखराका सुरज हजारे दाहालकी आमाले भारतीय नागरिकसँग विवाह गरिन, उनीहरू यहिँ बसेर भारत आउजाउ गर्छन्’ उनले प्रश्न गरिन्, ‘सुरजका बाबुको मृत्यु भइसक्यो, उनीहरू अनागरिक छन्, नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे किन नागरिकता नपाउने?’
सुरजका बुवा भारतीय हुन् भने उनका आमा नेपाली हुन् । उनका बुवा विवाहपछि पनि नेपालमै बसे। नेपाल बसाइकै क्रममा उनको मृत्यु भयो। अहिले सुरजले नागरिकताका लागि संघर्ष गरिरहेका छन्।
सम्बन्धित समाचार
अनागरिक सुरजको प्रश्नः मेरी आमाले विदेशीसँग प्रेम गर्नु अपराध हो ?
भदौ २, २०७९ बिहीबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।