बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

काठमाडौंः बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।
त्यसपछि महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध ईलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको थियो।
आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाट राजीनामा समेत दिएका थिए।
भदौ २, २०७९ बिहीबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।