सिट बाँडफाँटको मापदण्ड तय गर्न गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटको मापदण्ड तय गर्न गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौंः आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ। सिट बाँडफाँट तय गर्न गठन गरिएको कार्यदलका सदस्य पनि आजको बैठकमा सहभागी छन्।

बैठक बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

आजको बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमै छलफल हुने छ। यस्तै नागरिकता विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।

भदौ २, २०७९ बिहीबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।