युवा संघले आज गोंगबु चोकको फोहर उठाउने

युवा संघले आज गोंगबु चोकको फोहर उठाउने

काठमाडौंः राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले आज गोंगबु चोक क्षेत्रको फोहोर उठाउने भएको छ। सप्ताहव्यापी सरसफाई कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकालाई नैतिक दबाब दिन युवा संघले फोहोर उठाउन थालेको हो।

कार्यक्रमको आज चौथो दिन हो। आज दिउँसो १ बजे फोहोर उठाउने कार्यक्रम छ।

"महानगरले समस्या देखायो हामी सामधान गर्दैछाैँ, फोहरले काठमाडौं देखिनसक्नु हुन्छ। यसले रोगदेखि पर्यटकलाईसम्म असर गर्छ", महाराज गुरुङले भने।

युवा संघले पहिलो दिन बानेश्वरको ,दोस्रो दिन कालोपुलको, तेस्रो दिन गौशालादेखि चाबहिलसम्मको फोहर उठाइसकेको छ।

भदौ २, २०७९ बिहीबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।