चन्द्रनिगाहपुरमा नाइट बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

चन्द्रनिगाहपुरमा नाइट बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौंः पूर्व-पश्चिम राजमार्गस्थित रौतहटको चन्द्रनिगाहपुर- २ मा नाइट बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। चन्द्रनिगाहपुरबाट पूर्वतर्फ अघि बढेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले लच्का नजिकै प्रदेश२-०२-००१ह २१०९ नम्बरको अटोलाई ठक्कर दिएको हो।

बस काठमाडौंबाट सर्लाहीतर्फ जाँदै थियो। दुई सवारी साधन बिहान ५ बजे एक आपसमा ठक्कर खाएको थियो।

अटोमा सवार चारमध्ये तीन जनाको ज्यान गएको हो भने एक जना घाइते भएका छन्। घाइतेको चन्द्रनिगाहपुरको अस्पतालमा उपचार भइरहेको छ।

मृतकमा बागमती नगरपालिका-२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्। ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ २, २०७९ बिहीबार १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।