धरानमा जीप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सुनसरीः धरान उपमहानगरपालिका- ८ मा हिजो साँझ जीप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को२च १६६७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश१-०२-०४८प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोकिएका हुन्।
गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार इटहरी उपमहानगरपालिका- ११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो।
सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। जीपसहित चालकलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
भदौ २, २०७९ बिहीबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।