केएनपी नेरोल्याकको 'पर्व सँगै रङ्गमा दङ्ग' अभियान

काठमाडौँ : केएनपी जापान प्रालीले 'पर्व सँगै रङ्गमा दङ्ग' अभियान ल्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार यो ग्राहक केन्द्रित अफर चाडपर्व लक्षित हो। यसका लागि ७५ हजार बराबरको सामान खरिदमा मान्य हुनेछ। इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वा शेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिने कम्पनीले जनाएको छ।
केएनपी नेरोल्याकबाट तीन वटा विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार रहेको विज्ञप्तिमा उल्लेख छ।
दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरूलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ। अन्तिममा ५ लाखको एक जनालाई बम्पर उपहार उपलब्ध गराउने र विजेता लक्की ड्रमार्फत छानिने कम्पनीले बताएको छ।
केएनपी नेरोल्याकले केही वर्षदेखि चाडपर्व अभियान सञ्चालन गर्दै आएको छ।
भदौ १, २०७९ बुधबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।