काठमाडौं महानगरको मेयरमा पराजित सायमीले प्रतिनिधि सभामा उम्मेदवारी दिने

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रमुखमा पराजित सुमन सायमीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने उकेरासँग बताए। स्थानीय तहमा पराजित भएपछि जनताको सल्लाहअनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिएको उनको भनाइ छ।
‘स्थानीय तहको निर्वाचनमा आएको १४ हजार मतको अवहेलना गर्न भएन,’ उनले भने, ‘स्थानीय तहको मतको सदुपयोग र पुरानो सोच भएका नेताहरूलाई तह लगाउनको लागि मेरो उम्मेदवारी हो।’
उनले तीन महिनामा चुनाव जित्नेगरी तयारी गर्ने विश्वास व्यक्त गरे।
भदौ १, २०७९ बुधबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।