देउवाले 'अचाक्ली' गरेपछि कांग्रेस इतर समूहद्वारा खबरदारी सभा

काठमाडौं : नेपाली कांग्रेस इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरूले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका छ्न्।
नेविसंघ, तरुण दल र महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए। सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए।
नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथ बागमती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार जगदीश्वर नरसिंह केसीले पार्टीमा देखिएको मनपरि र १४औं महाधिवेशनमा मत नदिएका नेतालाई आसन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको पनि बताए।
पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकतर्फी निर्णय गर्न थालेसँगै इतर समूह असन्तुष्ट व्यक्त गर्दै आएका छन्।
भदौ १, २०७९ बुधबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।