पाँच वर्षमा तीन गुणा विद्युत् खपत बढ्यो : कुलमान घिसिङ

पाँच वर्षमा तीन गुणा विद्युत् खपत बढ्यो : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो पाँच वर्षमा तीन गुणाले विद्युत् खपत बढाएको बताएका छन्।

बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक घिसिङले सवस्टेसन, ट्रान्समिसन लाइन लगायतका अन्य पूर्वाधारहरूको स्तरोन्नत्ति र विस्तार गरेकाले खपत बढेको बताए।

घिसिङले गएको वर्ष मात्र प्राधिकरणले हालसम्मकै उच्च १६ अर्ब बढी खुदा नाफा गर्न सफल भएको जानकारी दिए।

घिसिङले विद्युत् प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै कर्मचारीलाई बोनस बाँड्न लाग्दा अख्तियारदेखि १० ठाउँबाट पत्र आउने गरेकोमा गुनासो गरे।

भदौ १, २०७९ बुधबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।