सानिमा बैङ्कले उपचार सुविधासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्यायो

सानिमा बैङ्कले उपचार सुविधासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्यायो

काठमाडौँ : सानिमा बैङ्कले सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ। सो खातामा ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख सम्मको औषधी उपचार बिमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको हो।

वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बिमा, र ३ लाखको ६ घातक रोगहरूको बिमा, २५ हजारको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज समेत रहेको बैङ्कले जानकारी दिएको छ।

ग्राहकहरूलाई औषधी उपचार खर्च गरी बिमा बापत शोधभर्ना लिनु पर्ने झन्झटबाट छुटकारा मिल्ने र ग्राहकले आफ्नो बिमा पोलिसि नम्बर उपलब्ध गराएर औषधी उपचार गराउन सक्ने बैङ्कले जानकारी दिएको छ। यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ।

भिसा नेटवर्कका एटिएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट रहेको बैङ्कले जानकारी दिएको छ।

भदौ १, २०७९ बुधबार १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।