एकीकृत समाजवादीले माओवादीसँग एकताको लागि समिति बनाउने

एकीकृत समाजवादीले माओवादीसँग एकताको लागि समिति बनाउने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने  भएकाे छ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले एकीकृत समाजवादी र माओवादीबीच एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए।

समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको उनले बताए।

नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए। साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनले बताए।

भदौ १, २०७९ बुधबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।