गठबन्धनको सिट बाँडफाँट कार्यदलले मोडालिटीबारे फेरि शीर्ष नेतासँग छलफल गर्ने

गठबन्धनको सिट बाँडफाँट कार्यदलले मोडालिटीबारे फेरि शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं : सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे फेरि शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार कार्यदलको बसेको बैठकपछि सञ्चारमन्त्री एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मोडालिटीलाई अन्तिम रुप दिनका लागि कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूसँग छलफल गर्ने सहमति भएको बताए।

बैठकमा सबै दलभित्र आन्तरिक छलफल गर्ने र सिट बाँडफाँडको विषय टुंगोमा पुर्याउने सहमति पनि बनेको छ । शनिबार बस्ने बैठकले सिट बाँडफाँटलाई टुंगोमा लगाउने उनले बताए।

भदौ १, २०७९ बुधबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।