काठमाडौं गनाएपछि बञ्चरेडाँडावासीलाई गगन थापाको आश्वासन– ‘यसपटक निराश बनाउनेछैनौं’

काठमाडौं गनाएपछि बञ्चरेडाँडावासीलाई गगन थापाको आश्वासन– ‘यसपटक निराश बनाउनेछैनौं’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध नगरिदिन पार्टीका कार्यकर्तालाई आव्हान गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले पार्टीले स्थानीय नेतृत्वलाई फोहोर व्यवस्थापनमा अवरोध नगर्न भनिसकेको स्पष्ट पारे। उनले अवरोधका लागि भन्दा समाधानका लागि सक्रिय हुन आग्रह गरे।

महामन्त्री थापाले काठमाडौं फोहोरको अस्तव्यस्त अझै केही दिन भएमा महामारी फैलिनसक्नेतर्फ सचेत गराउँदै उनले सिसडोल र बञ्चरेडाँडावासीलाई अवरोध नगरिदिन आग्रह गरे।

थापाले यसअघि भएका सम्झौता कार्यान्वयन गराउनलाई प्रधानमन्त्रीसँग भेटेर छलफल गरिसकेको र शहरी विकास मन्त्रीसँग पनि छलफल गर्ने क्रममा रहेको भन्दै उनले सम्झौता पूरा गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।

उनले लेखेका छन्, ‘केही समय लाग्ला तर संघीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं । हामी यसपटक तपाईंलाई निराश बनाउनेछैनौं।’

भदौ १, २०७९ बुधबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।