दार्चुलामा जिप दुर्घटना : ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं : दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, नौ जना घाइते भएका छन्।
जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटना हुँदा चार पुरुष र एक महिलाकाे घटनास्थलमै मृत्यु भएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोलाबहादुर रावलले उकेरालाई जानकारी दिए।
घाइते नौ जनाकै उद्धार गरेर जिल्ला अस्पताल पठाइएको उनले बताए।
भदौ १, २०७९ बुधबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।