५१ जना कलेजका विधार्थी ट्राफिक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार गरेको विशेष चेकिङमा ५१ जना कलेजका विद्यार्थी कारबाहीमा परेका छन्।
कलेजका विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै गरिएको ट्राफिक चेकजाँच अभियानमा सवारी चालक अनुमतिपत्र नभई सवारी साधन चलाउने २७ जना, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका हुन्।
यस्तै, बुधबार बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
भदौ १, २०७९ बुधबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।