एकीकृत समाजवादीले भदौ ९ गते पुनर्गठन दिवस मनाउने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आगामी भदौ ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने भएको छ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले पार्टी गठन भएको एक वर्षमा पुनर्गठन दिवस मनाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहहरू, पार्टीका जनवर्गीय संगठनहरू र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन आव्हान गरेको विभाग प्रमुख खतिवडाले बताए।
गत वर्ष भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको थियो।
भदौ १, २०७९ बुधबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।