गरिमा क्यापिटलकाे सिईओमा निर्मल भट्टराई नियुक्त

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्।
साउन २९ गते बसेको संचालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी भट्टराईलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो।
भारतबाट चाटर्ड एकाउन्टेन्सी गरेका भट्टराई संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यसअघि उनी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरिमा क्यापिटल लिमिटेडका सेवाहरू गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत ग्राहकमाझ पुग्दै आएको छ।
भदौ १, २०७९ बुधबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।