एकीकृत समाजवादीकाे सिट बढाउने रणनीति

एकीकृत समाजवादीकाे सिट बढाउने रणनीति

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनबाट बढी सिट पाउने रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ।

गठबन्धन कार्यदलको बैठकअघि रणनीति तय गर्न समाजवादीले सचिवालय बैठक बोलाएको हो। बैठकमा उम्मेदवारका मापदण्ड, गठबन्धनमा सीट दाबीलगायतका विषयमाथि छलफल भइरहेको एक नेताले बताए।

‘‘गठबन्धनमा कसरी बढी सिट पाउन सकिन्छ र आफ्ना उम्मेदवारको मापदण्ड के हो भन्ने विषयमा छलफल केन्द्रीत हुनेछ,’ ती नेताले भने।

०७४ मा एमालेले जितेका ठाउँमा नेकपा एसको दाबी छ।

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बस्दैछ। भदौ पहिलो साताभित्र गठबन्धनमा सिटको बाँडफाँटको प्रस्ताव ल्याउन कार्यदलले जिम्मेवारी पाएको छ।

भदौ १, २०७९ बुधबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।