माओवादीले बिहीबार पदाधिकारीकाे टुंगाे लगाउने

माओवादीले बिहीबार पदाधिकारीकाे टुंगाे लगाउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले बिहीबारसम्म पदाधिकारीलाई टुंगो लगाउने भएको छ।

बुधबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकले पदाधिकारी र संगठनमा सदस्य थप गर्ने विषयमा छलफल गरेको बताए।

‘बैठकमा संगठनसम्बन्धी अजेण्डामा केन्द्रीत भयो,’ उनले भने, ‘केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटीमा सदस्य मनोनित गने र पार्टीको पदाधिकारीको विषयमा विस्तृत छलफल भयो।’

आफूहरू पदाधिकारी र अन्य कमिटीमा सदस्य मनोनित गर्ने सन्दर्भमा टुंगोमा पुगेको भन्दै उनले बिहीबार विहान ८ बजे अन्तिम टुंगोमा पुग्ने बताए।

उनले थपे, ‘पदाधिकारी लगायतका सम्पूर्ण कमिटीमा भोलि विहानै टुंगो लाग्छ।’

गतवर्ष पुसमा भएको माओवादीको आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्षमा नारायणकजी श्रेष्ठलाई चयन गरेको थियो।

त्यसयता अहिलेसम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन।

भदौ १, २०७९ बुधबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।