कांग्रेसले प्रजातन्त्र होइन, गठबन्धन जप्न थाल्यो : अध्यक्ष ओली

कांग्रेसले प्रजातन्त्र होइन, गठबन्धन जप्न थाल्यो : अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातन्त्र भन्न छाडेर गठबन्धनको जप गर्न थालेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसले पहिला प्रजातन्त्र भन्ने गरेकोमा अहिले त्यो पनि भन्न छाडेको आरोप लगाए।

‘पहिला–पहिला त कांग्रेसले प्रजातन्त्र भन्थ्यो, अहिले त गठबन्धन बाहेक केही भन्दैन,’ उनले भने, ‘कांग्रेसको नीति, कार्यक्रम र पुग्ने ठाउँ गठबन्धन मात्र हो।’

कांग्रेसले गठबन्धन गरेर पनि गठबन्धन गरेको भन्दै कटाक्ष गरे। उनले कांग्रेस पार्टीसँग नेताहरूले जहान र परिवारलाई बढी प्राथामिकता दिएको आरोप लगाए।

देशहीतका लागि अनेक क्रियाकलाप गर्दै आएको कांग्रेस अब लोकतान्त्रिक पार्टी नरहेको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भएको बताए। कांग्रेस प्रचण्ड एण्ड कम्पनीको पछि लुरुलुरु हिँडेको उनको भनाइ छ।

अध्यक्ष ओलीले नेकपा माओवादीसँग अहिलेको अवस्थामा डराउनु नपर्ने बताए। माओवादीले जनयुद्धका शहीद र घाइते परिवारलाई बेवास्था गरेको उनको आरोप छ।

उनले एमालेले हारेको अवस्थामा देश हार्ने र भन्दै एमालेलाई आगामी निर्वाचनमा बहुमतका साथ जिताउन उनले आग्रह गरे।

भदौ १, २०७९ बुधबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।