नेप्सेमा सामान्य गिरावट

काठमाडौंः कारोबार हुने साताको चौथो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
बुधबार नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा झर्दा ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ परिसूचक भने ०.२८ विन्दुले बढेर ३९४.६७ विन्दुमा पुगेको छ।
नेप्से घटेसँगै कारोबार रकममा पनि बढोत्तरी आउन सकेन। यसदिन २२० कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार भन्दा बढीको कारोबार भयो।
१३ उपसूचकमध्ये अधिकांश उपसूचक बढ्दा जीवन बीमा, लगानी, बैंक, व्यापार, होटल तथा पर्यटन र अन्य उपसूचक सामान्य घटेका छन्।
निर्जीवन बीमा ३३.०८, विकास बैंक २२.३२, जलविद्युत् १६.३२, फाइनान्स ७.८९, माइक्रो फाइनान्स ३.०९ अंकले बढेका छन्।
बुधबार श्वेतगंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, माथिल्लो हेवाखोला हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, दोर्धिखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले लगभग १० प्रतिशतका दरले कमाए।
यसदिन रिदी पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। उसको १८ करोड बराबरको कारोबार हुँदा दोस्रोमा रहेको शिवम् सिमेन्टले ६ करोडको कारोबार गर्याे।
नेप्से घटेसँगै कारोबार रकममा पनि बढोत्तरी आउन सकेन। यसदिन २२० कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार भन्दा बढीको कारोबार भयो।
भदौ १, २०७९ बुधबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।