कार्यवाहक प्रशिक्षक हुमागाईंलाई एन्फाको स्वागत

कार्यवाहक प्रशिक्षक हुमागाईंलाई एन्फाको स्वागत
तस्वीर- एन्फा

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी पाएका प्रदीप हुमागाईंलाई अखिल नेपाल फुटबल संघले स्वागत गरेको छ।

अमेरिका बस्दै आएका उनी नेपाल आएसँगै बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा महासचिव किरण राईले स्वागत गरेका हुन्।

खेलाडी प्रशिक्षक विवादपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिरामी बिदामा कुबेतमा छन् । एन्फाले सोधेको स्पष्टिकरणको जवाफ उनले अहिलेसम्म दिएका छैनन्।

यसैबीच साउन २६ गते बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्ति गरेको थियो । हुमागाईंले शुक्रबारदेखि प्रशिक्षण सुरु गर्ने एन्फा महासचिव किरण राईले बताए।

नेपालले आगामी असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँगै मैत्रीपूर्ण फुटबल खेल्नेछ । जसका लागि ४० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाइएको छ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग विवाद भएका कप्तान एवं गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ लगायतका खेलाडीले राष्ट्रिय फुटबलमा पुनरागमन गरेका छन्।

एन्फाले बुधबार दिउँसो साढे ३ बजे नै कार्यवाहक प्रशिक्षक हुमागाईंसहितको पत्रकार सम्मेलन गर्दैछ।

यसैबीच साउन २६ गते बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्ति गरेको थियो। हुमागाईंले शुक्रबारदेखि प्रशिक्षण सुरु गर्ने एन्फा महासचिव किरण राईले बताए।

भदौ १, २०७९ बुधबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।