मेरो प्रेम झापासँगै छ, त्यहीँबाट चुनाव लड्छु : विश्वप्रकाश

मेरो प्रेम झापासँगै छ, त्यहीँबाट चुनाव लड्छु : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै शर्माले काठमाडौं-५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन्।

शर्माले ट्विटरमा लेखेका छन्, 'फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो! काठमाडौ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न!'

शर्मा २०७४ मा झापा क्षेत्र नम्बर-१ बाट चुनाव उठेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए। त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो।

भदौ १, २०७९ बुधबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।