रविको पार्टीले प्रदेश सभामा उम्मेदवारी नदिने

रविको पार्टीले प्रदेश सभामा उम्मेदवारी नदिने

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आम निर्वाचनमा प्रदेशबाट उम्मेदवारी नदिने घोषणा गरेको छ।

पार्टीको केन्द्रीय समितिले प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको अध्यक्ष लामिछानेले बताएका छन्।

'यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र उम्मेदवारी दिनेछ,' अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत बताए।

कैयौं मानिसले प्रदेश खारेजीको माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको लामिछानेको भनाइ छ।

भदौ १, २०७९ बुधबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।